
तुलसीपुर, २८ असोज / सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निबासी १८ बर्षका बिष्णु बुढाथोकी र तुलसीपुरकै प्रगतिनगर टोल निबासी २० बर्षका प्रकाश वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।
याे पनि पढ्नुस
तुलसीपुरकी १७ बर्षीया युवतिलाई डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे बलात्कार गरेको भन्दै प्रहरीमा २६ गते जाहेरी परेको थियो । पक्राउ परेका आरोपीलाई सामुहिक बलात्कार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार