कोरोना अस्पताल बेलझुण्डीमा पाँच जनाको आईसियुमा उपचार हुदै

दाङ, २७ असोज । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पाँच जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालमा १३ जना संक्रमित मध्ये पाँच जनाको आईसियुमा, सात जनाको जनरल वार्ड र एक जनाको एच.डि.युमा उपचार भईरहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्पतालमा दाङका ९ जना, रोल्पा र रुपन्देहीका २÷२ जना रहेका छन् । जसमा जिल्लाको तुलसीपुर, घोराही र बबईगाउँपालिकाका रहेका छन् । आईसियुमा उपचाररत तुलसीपुर र घोराहीको रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् ।

लम्बिनी प्रदेश सरकारद्धारा सन्चालित कोरोना विशेष अस्पतालमा अहिले कोरोना लक्षण देखीएका संक्रमित मात्रै रहेका छन् । अस्पतालमा यस अघि सुरुमा कोरोना आसंकामा रहेका व्यक्तीहरुलाई राख्ने गरिएको थियो । त्यसपछि कोरोना संक्रमितलाई मात्रै राख्ने गरिएकोमा प्रदेश सरकारले आईसियुको समेत व्यवस्थापन गरी लक्षण देखीएकाहरुलाई राख्ने गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया