२०८३ साउन २८ गते बिहिवार

विश्व दृष्टि दिवसमा वडाध्यक्ष चौधरी सम्मानित

देउखुरी, २२ असोज । लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरी र उनका बुवा कृष्ण चौधरीलाई नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालले सम्मान गरेको छ ।

विश्व दृष्टि दिवसको अवसरमा नेपालु चौधरीले लमही आँखा अस्पतालको परिसर भित्र आँखा उपचार सेवा लिन भएका सेवाग्राहीका लागि कान्छा भतिजा स्व.सुशील चौधरीको स्मृतिमा चार लाख पैतिस हजार पाँच सय त्रिपन्न रूपैयाँमा प्रतिक्षालय निर्माण गरि हस्तान्तरण गरेका छन् ।
सोहि अवसरमा वडाध्यक्ष चौधरी र उनको बुवालाई लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया