रेडियो प्रकृति ११ औँ वर्षमा प्रवेश

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बाताबरणमैत्री सामुदायिक रेडियो प्रकृति एफएम ९३.४ मेगाहर्ज आजबाट ११ औँ बर्षमा प्रवेश गरेको छ । प्राकृतिक श्रोत व्यवस्थापन समाजद्धारा सन्चालित रेडियो प्रकृति २०६७ असोज २२ गते अर्थात आजकै दिनबाट प्रशारण सुरु भएको थियो ।

रेडियोले विभिन्न सन्देशमुलक सामग्री, समाचार, मनोरन्जनात्मक कार्यक्रम, वन वातावरण, स्वास्थ्य, शिक्षा,खेलकुद सामग्री उत्पादन तथा प्रशारण गर्नुको साथै आवाजविहिनहरुको आवाज बुलन्द गदै आएको छ । रेडियोको बार्षिक उत्सवको अवसरमा रेडियो सन्चालक समितिका अध्यक्ष खगेन्द्र पोख्रेल र स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले सवैमा शुभकामना व्यक्त गरेका छन् ।

रेडियोलाई निरन्तर सहयोग गरी यहा सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने विज्ञापन दाता, श्रोता, शुभचिन्तक, रेडियोका सन्चालक समिति,कर्मचारी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति सन्चालक समितिका अध्यक्ष पोख्रेलले आभार प्रकट गरेका छन् । साथै उनले आगामी दिनमा पनि यसरी नै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया