दुई जना संक्रमितको कोरोना अस्पतालमा मृत्यु

दाङ, २१ असोज । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया