
दाङ, १८ असोज । करेन्ट लागेर बाँकेमा एक जना मजदुरको मृत्यु भएको छ । फडिन्द्र गमला उद्धोगमा काम गर्ने सितापुर गाउँपालिका २ बस्ने २३ बर्षिय बिकास महतोको करेन्ट लागेर शनिवार राती मृत्यु भएको प्रहरीले बताएको छ ।
जानकी गाउँपालिका ६ स्थित राम नारायण चौहानले सन्चालन गरेको उद्योगमा काम गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर गम्भिर घाईते भएका महतोको मेडिकल कलेज कोहलपुरमा राती नै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार