
फाईल फोटो
तुलसीपुर, १७ असोज । तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडामा आधारभुत स्वास्थ्य सेवाको विस्तार गरिएको छ । आम नागरिकको स्वास्थ्य सेवाको पहुँच पुग्ने गरी विस्तार गरिएका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी समेत व्यवस्थापन गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखाले जानकारी दिएको छ ।
शाखाले भरखरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷ ७७ को बार्षिक प्रगती प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । सवै वडामा स्वास्थ्य संस्थाको विस्तार गरी १९ वटै वडालाई पुर्ण खोप घोषणा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तैगरि हात्तीपाइले आम औषधी सेवन कार्यक्रम अन्र्तगत तुलसीपुरमा ७४ प्रतिशतले औषधी सेवन गरेका छन् । साथै राष्ट्रिय दादुरा रुवेला खोप कार्यक्रम अन्र्तगत १४ हजार ६ सय ७४ अर्थात ९४ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ ।
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार