तुलसीपुरमा १९ देखी ४९ वर्ष उमेर समुहमा संक्रमण बढ्दो

तुलसीपुर, १६ असोज । तुलसीपुर उपमहानगरपालिकामा सवै बढि १९ बर्ष देखी ४९ वर्ष उमेर समुहका नागरिकमा कोरोना संक्रमण बढ्दो रहेको एक तथ्याङक सार्वजनिक गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखाले तुलसीपुरमा आयोजना गरेको पालिका स्तरिय बार्षिक समिक्षा तथा प्रगती प्रतिवेदन प्रस्तुत कार्यक्रममा यस्तो तथ्याङक सार्वजनिक गरिएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

तुलसीपुरमा जम्मा संक्रमित मध्ये १८७ जना १९ वर्ष देखी ४९ वर्ष उमेर समुहका रहेका छन् । त्यसपछि संक्रमित हुनेमा १७ जना १० वर्ष देखी १८ वर्ष उमेर समुह रहेको कोभिड १९ फोकल पर्सन केसीले जानकारी दिएका छन् । उनका अनुसार हाल सम्मको तथ्याङक अनुसार १० वर्षमुनिका थोरै रहेका छन् भने ५० बर्ष देखी ६० वर्ष र ६० वर्ष उमेर समुह भन्दा माथिका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी कोरोना संक्रमित हुनेमा सवैभन्दा धेरै समुदाय स्तरका नागरिक रहेका छन् । समुदाय स्तरमै कोरोना फैलिए पछि संक्रमणको दर बढेको छ । यस्तै भारतबाट नेपाल फर्किएकाहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

फोकल पर्सन केसीका अनुसार तुलसीपुर क्षेत्रमा संक्रमित हुनेमा नेपाली सेनाको संख्या पनि धेरै रहेको छ भने स्वास्थ्यकर्मी , कर्मचारी र जनप्रतिनिधि पनि रहेका छन् । हाल संक्रमितहरु मध्ये अधिकांस होम आईसोलेसनमा बसेका छन् भने अन्य कोरोना विशेष अस्पताल बेलझुण्डी, होटेल आईसोलेसन र भेरी आईसोलेसनमा बस्दै आएका छन् । सार्वजनिक गरिएको तथ्याङक अनुसार हाल सम्म तुलसीपुर क्षेत्रमा कोरोनाकै कारण मृत्यु हुनेकोदर शुन्य प्रतिशत रहेको भने निको हुनेको दर ७७ दशमलब ६७ प्रतिशत रहेको छ । यस्तै संक्रमित हुनेको दर ७.०८ प्रतिशत रहेको उल्लेख गरिएको छ । विहिवार र शुक्रवार गरी दुई दिन सम्म चलेको कार्यक्रममा बार्षिक गतिविधिहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया