दाङ, १६ असोज । पाँच नम्वर प्रदेश सरकारले दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकामा जग्गा किनबेच तथा कित्ताकाटमा रोक लगाएको छ ।
शुक्रवार बसेको प्रदेश मन्त्रीपरिषदको वैठकको निर्णय अनुसार प्रदेश सभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्विनी राख्ने प्रस्ताव पेश भएसंगै राप्ती गाउँपालिकाको पुरै क्षेत्र , गढवा गाउँपालिकाको वडा नम्वर १,२ र ३ मा जग्गा किनबेच तथा कित्ताकाट नगर्न पत्राचार गरिएको छ छ ।
यस्तैगरी अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नम्वर ८ र ९ मा पनि जग्गा किनबेच तथा कित्ताकाटमा रोक लगाईएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले शुक्रवार सम्वन्धित पालिकालाई पत्राचार गदै यस्तो निर्देशन दिईएको छ ।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार












