२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुरमा डिएसपीको एक्सन !

तुलसीपुर, ९ असोज / ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले अव्यवस्थीत पार्किङ र फुटपाथको व्यवस्थापन गर्न लागि परेका छन् ।

तुलसीपुर बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, फुटपाथका कारण सवारी दुर्घटनाको सम्भावना रहेको भन्दै यसको व्यवस्थापनमा लागेको डिएसपी सिंहले बताए ।

पहिलो चरणमा तुलसीपुर बजारका विभिन्न सडकमा अव्यवस्थीत रुपमा पार्किङ गरेर राखेका सवारी साधनलाई निश्चित स्थान र ट्राफिक नियमको पालना गराउनेसम्मका सचेतना फैलाउने र माईकिङ गर्नेकाम सम्पन्न भएको छ ।  त्यसैगरी सर्वसाधरणको बढी चहलपहल र भिडभाड हुने स्थानमा सिसी क्यामरा जडानको अन्तिम चरणमा रहेको डिएसपी सिंहले बताए ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।