२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुर उपमहानगरले गर्‍यो दिपप्रज्ज्वलन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संविधान दिवसका अवसरमा दिपप्रज्ज्वलन गरेको छ । उपमहानगरपालिकाको प्रांगणमा दिप प्रज्ज्वलन गरेर छैटौ संविधान दिवस मनाइएको हो ।

कार्यक्रममा नगरप्रवक्ता सुर्यवहादुर डाँगीले संविधानको मर्म अनुसार गाउँ गाउँमा सिंहदरवार आएको वताउँदै जनताको जीवनस्तर सहज वन्दै गएको वताएका थिए ।

उनले संविधान दिवस सबैको दिवस भएको भन्दै नेपाली जनताको लामो समयदेखिको त्याग र तपस्याबाट सम्भव वताए । कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले सबै वर्ग र समुदायको आवाजलाई संविधानले समेटेको वताएका थिए ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।