तुलसीपुर– काठमान्डौको एकतर्फी भाडा १८ सयसम्म

काठमान्डौ, ३० भदौ । अब तुलसीपुरबाट काठमान्डौसम्मको एक तर्फी भाडा बाह्रसयदेखि अठारसयसम्म लाग्ने भएको छ । तुलसीपुुरबाट– काठमान्डौका लागि यात्रा गर्ने यात्रुले अब नर्मल बसमा १२ सय ७५, डिलक्समा १५ सय २२ र एसीमा १८ सय रुपैयाँ भाडा तिर्नुपर्ने छ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

असोज १ गतेदेखि लामो दूरीको यातायात संचालन गर्ने दिने निर्णय गरेको मन्त्रिपरिषद्को बैठकले । साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय गरेपछि भाडामा वृद्धि भएको हो । यस अघि नर्मल बसको ८ सय ५०, डिलक्सको १ हजार १५ र एसीको १२ सय रुपैयाँ थियो ।

यसैबिच असोज ५ गतेदेखि लामो दूरि तथा आन्तरिक हवाई उडान संचाल गर्न दिने निर्णय गरेको हिजोको मन्त्रिपरिषदको बैठकले त्यसलाई उल्ट्याउँदै असोज १ गतेदेखि संचालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्कोे बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया