दाङ,२४ भदौ । राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव (किसान) ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।
एक लिटरको मिनरलवाटरको बोतलमा फोहराका यादवले दुधमा केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका – ५ लमही निवासी सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए । उनले भने ,– मंगलवार बिहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन बिहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेला पर्याे ।
दूधको बोतलमा माथि पट्टी केमिकल जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ । केमिकल मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुग्धको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी शसिराम नेपालीले बताए ।
प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।