तुलसीपुर, ११ भदौ ।
पश्चिम दाङमा विहिवार बेलुका दुई वटा मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना हुदा दुई जना चालक घाईते भएका छन् । तुलसीपुर देखी पश्चिम श्रीगाउ तर्फ जादै गरेको रा ४ प ७५३१ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको रा ३ प ८९३२ नम्वरको मोटरसाईकल दंगीशरण ५ हेकुली चोक नजिकै एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि रा ४ प ७५३१ नम्वरका चालक चालक शान्तीनगर ५ रगैचा बस्ने २७ बर्षका अमर बहादुर वली घाईते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको छ ।
यस्तैगरी रा ३ प ८९३२ नम्वरको मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४६ बर्षका सिताराम चौधरी घाईते भएका छन् । उनीहरु दुवै चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मोटरसाईकल बागर प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।





