२०८३ असोज २३ गते शुक्रवार

बर्षातका कारण घर भत्किदा तुलसीपुरमा महिला घाईते

फाईल फोटो तुलसीपुर, १ भदौ । तुलसीपुरमा बर्षातका कारण एक घर भत्किदा महिला घाईते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ स्थित लक्ष्मी बैंक पछाडी रामु खड्काको ३ तले ५ कोठे भवन भत्किदा उनकी श्रीमती ४५ बर्षिया कमला खड्का घाईते भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाईते महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भईरहेको प्रहरीले बताएको छ । बर्षातका कारण जस्ता पाताले छाएको घर आईतवार बेलुका भत्किएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।