२०८३ कार्तिक ११ गते बुधवार

५६ बोरा यूरिया मलसहित तुलसीपुरमा एक महिला पक्राउ

तुलसीपुर । ५६ बोरा अबैध यूरिया मल सहित एक जना महिला तुलसीपुरमा पक्राउ परेकी छन् ।

गोप्य सूचनाका आधारमा तुलसीपुरको सल्यान रोडबाट  ४१ बर्षकी गौरी न्यौपानेलाई भारतबाट ल्याएको ५६ बोरा अबैध यूरिया मल सहति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बेलुकी पाँच साढे पाँच बजे पक्राउ परेकी न्यौपानेलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।पछिल्लो समय दाङमा यूरिया मलको अभाव भएपछि किसानहरुले धान खेतिमा मल हाल्न पाएका छैन्न भने व्यवसायीले भारतबाट यूरिया ल्याएर लुकीछिपी बेच्न थालेका छन् ।

  सांकेतिक फोटो 
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।