२०८३ भाद्र १० गते बुधवार

पहिरोमा आफन्त गुमाएकाहरुको पीडा, देउतालाई धुप बाली नसक्दै परिवार नै सखाप, छोरा रुदै थियो,बचाउन नै सकिएन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका –२ लिदी माझगाउँका निमछिरीङ तामाङलाई अहिले सपना हो कि बिपनाको जस्तै लागीरहेको छ । पुरानो घरमा उनिहरु सुत्न छाडेको महिनौ भैसकेको थियो । सुत्नका लागी राती–राती लप्से डाँडामा उनीहरुले त्रिपालको अस्थाई बनाएका थिए । सधै झै अस्ती बेलुकी पनि सपरिवार पालमुनी सुत्न गएका थिए । रातीसँगै सुतेका परीवार केही बेरमा नै सबै गुमाउनु पर्दाको पीडा निमछिरीङ सुनाउन नै सक्दैनन् । बस्तीमाथीबाट आएको पहिरोले निमछिरीङको परिवारका तिन जना गुमाउनु परयो ।

बौद्ध परम्पराअनुसार गाउँमा बिहान बिहान देउतालाइ धुप बाल्ने र ६ देखि ७ बजे अरनी(बिहानको खाजा) बनाएर खाने चलन थियो । शुक्रबार बिहान पनि निमछिरीङको आमा त्रिपालबाट उठेर घरमा भएका देउतालाइ धुप बाल्न गएकी थिइन् । ‘धुप बालेर देउता खुसि पारी सक्दा नसक्दै आमालाइ नै देउताले लग्यो कि राक्षसले ह(यो मलाइ सपना जस्तो भइरहेको छ’,भक्कानीदै निमछिरीङले भने।

‘म त बेहोस भएछु होस आउँदा मलाइ हावाले तीन कान्ला तल फालिदिएछ , ब्युझिएर हेर्दा त घर पुरै ढली सकेछ ’ निमछिरीङ ले भक्कानीदै भने

आमा सँगै उनकी ५ महिने सुत्केरी श्रीमती पनि बच्चा लिएर छ्याङ पकाउन पुरानो घरमा गएकी थिइन् । साथमा चैतमा जन्मिएको तामाको मुना जस्तो कलकलाउदो छोरो कोक्रामा खेलिरहेको थियो । छिरिङ पनि घर आसपास नै परीवारलाइ साथ सहयोग दिदै थिए । एक्कासी के भयो उनी बताउनै सक्दैनन । ‘म त बेहोस भएछु होस आउँदा मलाइ हावाले तीन कान्ला तल फालिदिएछ , ब्युझिएर हेर्दा त घर पुरै ढली सकेछ ’ उनले भक्कानीदै भने । केहि जोगाउन सकिन्छ कि भनेर फेरी घर छेउमा फर्के , फेरी पनि माटोले लतारेर मलाइ ढाल्यो ।

‘बच्चा रुदै गरेको आवाज कानमा आइरहेको थियो । माथिबाट खस्दै गरेको माटोको बाढिले मलाइ हुत्याएर रुदारुदैको छोरो नि समाउन दिएन । आफुपनि घाइते भऐं । घटना सम्झदा दिमागै उड्ला जस्तो हुन्छ ’ उनले भने ‘हामीसबैलाइ यो अवस्था बनाउने गाउँमुनि खनिएको सुरुङ हा’े निमछिरीङले भने– ‘यो हाइड्रोलाई कारवाही गर्नुपर्छ ।’

निमछिरीङको ससुराली काभ्रेको धुलिखेल हो,माइती गएको श्रीमती र बच्चालाई केही दिन अघि मात्रै उनले गाउँमा ल्याएका थिए । ‘ससुरालीबाट सग्लो आएका श्रीमती र छोरा गुमाउनु प(यो,बरु उही भएको भए त यस्तो हुने त थिएन,अब मैले उहाँहरुलाई के देखाउने ?’ निमछिरीङले रुदै भने ।

लिदीकै स्मारिका पहिरोपछि न होसमा आएकी छिन न त आँखा ओभाएको छ । रुँदा रुँदा उनका आँखा आँसु मात्रै होइन शरिरमा पानी पनि सकिए जस्तै भएकी छिन । घाँटीबाट आवाज आउन छाडेको छ । लप्से डाडाँको त्रिपाले डेराबाट आँखै अगाडि पुरीएको घरथलो देखिन्छ ।

पहिरो आउने बेला उनी बिहान पानी भर्न गाग्री बोकेर पँधेरो गएकी थिइन् । स्मारिका गाग्री भरेर घर नजिकै के पुगेक थिइन् , भरी गाग्रो पनि उनको जिवनमा अलच्छिन साबित भैदियो । पानीले भरीएको गाग्री दैलाको ठेला भित्र पस्नै लाग्दा गाग्री सहित उनी उछिटिइन । ‘घर भित्र रहेका आमा, हजुर आमा, भाइ बहिनीहरु अगेना वरीपरी बसेर अरनी खाँदै गरेको दृष्य अहिले पनि मेरो आँखामा आइरहेको छ’ उनले भनिन ‘यो उमेरमै म बेसाहारा भए । अब म बाँचेको पनि बेकार भयो र बरु म पनि सबै सँग जान पाएको भए हुन्थ्यो जस्तो लाग्छ ।’

‘घर भित्र रहेका आमा, हजुर आमा, भाइ बहिनीहरु अगेना वरीपरी बसेर अरनी खाँदै गरेको दृष्य अहिले पनि मेरो आँखामा आइरहेको छ’ स् स्मारिका

माझ गाउँकै कविता दोङ केहि दिन अघि मात्रै गाउँ आइपुगेकी थिइन् । सबै परीवार केहि त्रिपालको डेरामा र केहि पुरानै घरमा बसेका थिए । कविता उनका भाइ र सहित परिवार नै त्रिपाल भित्र सुतेका थिए । राती त्रिपालमा सुते पनि भात भान्सा पुरानै घरमा हुन्थ्यो कविताले भनिन् बिहानै उठेर चिया नास्ता अरनीको लागी भाइ बोकेर उनि पनि घर तिरै जाँदै थिइन । घरछेउमै के पुगेकी थिइन कल्पना नै नगरेको आवाजले उनलाइ तर्साएन मात्रै पिठ्युमा बोकेको भाइलाइ जिउबाट उछिट्याएर कता फाल्यो आफु कता हुत्तिए मलाइ कुनै याद नै छैन । ‘घण्टौ पछि भाइलाइ छिमेकिले भेटेर गोठमा ल्याइदिएपछि पो मेरो होस खुल्यो ।’ उनले भनिन् ‘होसमा आएर यो मानेडाँडाबाट हेर्दा त गाउँ पुरै पहिरोले पुरेको देखें ।

त्यसपछि मैले भाइलाइ काखबाट छाडेको पनि छैन ।’ उनको परिवारबाट आमा ३ जना भाइ बहिनी हजुरआमा, सात महिना कि गर्भवती काकी, माइली आमा सहित हाम्रो परिवारबाट मात्रै आठजना भन्दा बढि पहिरोमा पुरीएका छन । अब कहाँ बस्ने के खाने कुनै टुंगो छैन,भाइ सानै छ । न जाने ठाउँ न बस्ने थलो । ‘धेरै कुरा नसोध्नुस सर मलाइ बोल्ने न तागत नै छैन ।’ उनले भनिन् ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया