जातीय विभेद किन ? समाधान के ?

२०७७, जेठ १६

पछिल्लो समयमा विभिन्न कालखण्डमा जातीय तथा वर्ग उन्मुक्तिलाई आधार बनाई नेपालमा विभिन्न बर्ग संघर्ष भएका छन् । आत्मनिर्भरता तथा समतामूलक समाज निर्माणको निम्ति गरिएका संघर्षहरु प्रती पुनः प्रश्न बाचक चिन्ह खडा भएको छ । वर्गसंघर्षको आधार बनाईएको दलित भन्ने सब्दलाई नै विभिन्न तरिकाले उपयोग गरेको पाईन्छ ।

मुख्यत प्राचिनकालमा राज्य संचालनको निम्ति सुसंगठित ब्यबस्थाको लागि राजा जयस्थिति मल्ल (१३६०(१३६५) शिपको पहिचान अनुरुपको कार्य विभाजन गर्ने हेतुले कामदारहरुको वर्गिकरण गरेको पाईन्छ । सोहि अनरुप क्रमसः प्रताप मल्लले खुकुरी बनाउने सिप भएका लाई लोहार, छालाको काम गर्नेलाई सार्की, सुनको काम गर्ने सिप भएकालाई सुनार, नाचगान गर्नेलाई बादी भनेर बर्गीकरण गरेका थिए ।

यस्तो काम अनुसार को वर्गीकरणलाई पछि टाँठाबाठा भनिएका शोषक सामन्तिहरुले आफ्नो फाईदाको निम्ति उपयोग गरेको बुझिन्छ । यस्तो प्रथालाई समयसंगै कुरीतिको रुपमा जात भनेर परिभाषित गरियो । यसलाई आधार बनाउने हो भने, सिप कला कौसल जानेकै आधरमा कुनै व्यक्ति विशेषलाई कामी, दमाई सार्की, क्षेत्री, ब्राहमण भनेर छुट्याउनुपर्ने कुनै बैज्ञानिक अनि सामाजिक कारण नभएको स्पस्ट हुन्छ ।

दलितको अर्थ हो “दलन” गरिएको अर्थात ति मानिसहरु जो आर्थिक अनि सामाजिक रुपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक अनि धार्मिक रुपले पछाडी पारीएका भन्ने बुझिन्छ । यसको अर्थ ब्राहमण क्षेत्री भनिएका पनि आर्थिक सामाजिक राजनीतिक अनि धार्मिक रुपले पछाडी पारिएका पनि हुन सक्छन ।

यसको अर्थ कोहि जन्मका आधारमा ब्राहमण क्षेत्री हुँदैमा सुसम्पन्न तथा अब्बल हुन्छन् भन्ने हुदैन् । मानौ कुनै दलित भनिएको घरमा ब्राहमण अथवा क्षेत्री काम गर्न बस्छ भने उसलाई कुन जात मान्ने ? जबसम्म दलित अनि जनजाती भनिएकै आधारमा यो वा त्यो शिर्षकमाा आरक्षण छुट्याउनु पर्ने स्थिति बन्छ, तबसम्म जात कै नाम मा विभेद अनि समाजबाद उन्मुख समाज परिकल्पना मै सिमित रहनेछ ।

जन्मकै आधारमा नभई वर्ग अनि लिङ्गका आधारमा आरक्षण व्यवस्था गरिनु पर्छ । यसका निम्ति आधारभूत् वितरण प्रणाली निर्माण गर्न सक्नु आज को मुख्य बिषय हुनुपर्छ । यति भन्दै गर्दा ब्राहमणको अथवा कुनै सम्पन्न वेद, गीता, रामायण, महाभारत आदि ग्रन्थ, अथवा ब्राहमण जातिको बिरोध पनि होइन । ब्राहमण वादको बिरोध भनेको रुडिबादी, अबैज्ञानिक, कर्मकाण्ड र अन्धबिस्वासको बिरोध हो । ब्राहमण वादको बिरोध हिन्दु धर्मको बिरोध गर्नु पनि होइन ।

नेपालमा जनजाती तथा दलित आन्दोलनको मुख्य उदेश्य भनेको समतापूर्ण समाज निर्माण गर्नु हो । त्यो भन्दा पहिले मान्छेद्वारा सिर्जित अत्याचार अन्धबिस्वास अपमान हटाउनु पर्ने र चेतनास्तरलाई अभिवृद्धि गर्नका निम्ति विभिन्न तरिका अबलम्वन गर्नु पर्ने हुन्छ । जनयुद्धको परिणाम स्वोरुप २०७२ असोज ३ गते संविधान घोषणा संगै यस किसिमको सबै विभेदको अन्त्यको घोषणा गरियो तर जनचाहना अनुसारको विभेद अन्त्य भने भएन् ।

यो विषयमा फेरि अर्को आन्दोलनको आवश्यक हो अथवा सरकारले कठोर कदम चाल्नु पर्ने हो गम्भिरता पूर्वक सोच्ने बेला आएको देखिन्छ । हामी २१औ सताब्दीको समाज मा भैरहदा पनि यो किसिमको मानसिकता रहनु अत्यन्तै दुखद अनि लजास्पद कुरा हो । जुनसुकै समुदायको मान्छे भय पनि हामी नेपाली हौ । मानौ हामी कसैलाई ज्वरो आयो भने खाने भनेको सिटामोल नै हो ।

यदि जात हुँदो होत सबैलाई फरक फरक औसधि को आवश्यक पथ्र्यो होला । अर्थात् सबैको रगत एकै हो अनि हामी एकै किसिमको जैविक प्रजाति हो । यसै गरि हाम्रो जातपातमा आधारित र विभाजित धर्म संस्कार छ । यसले एउटा जातमामा जन्मीएपछि अर्को पेशामा जान नपाउने गरि अन्धविश्वास सिर्जना गरेको छ ।

ब्राहमण चिन्तन मनन अनि पुरोहत्याई गर्ने, क्षेत्रीहरु लड्ने भिड्ने साहसी काम गर्ने, बैस्य व्यापार गर्ने र सुद्रहरुले अपहेलित भएर बस्नपर्ने यस्तो किसिमको सोच सयांै वर्षदेखि मनोवाद चिन्तन छ । यो मनोवाद अनि जातपातको प्रणाली हाम्रो निम्ति अत्यन्तै ठुलो बाधक । स्तो विभेद अन्त्यको लागि वर्गीय आधारमा पुर्बाधारको विकास, गरिबी उन्मुलन, रोजगार सिर्जना, उचित वितरण प्रणाली ।

दातृ सहयोग,अनि प्रभावकारी अनुगमन तथा व्यवस्थापन आधारभूत बिषय हुन् । यसैगरी स्वास्थ्य ,शिक्षा, गरिबी निर्मुलिकरण, भ्रष्टाचार नियन्त्रण, सबै प्रकारका विभेदबाट मुक्ति, सिप विकास, रोजगार, सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण कुरामा योजना बनाई कार्यन्वयनका लागि राष्ट्रव्यापी जनपरिचालन महत्त्वपूर्ण हुन्छ ।

जबसम्म कोहि दलित जनजाति अथवा अन्य कुनै समुदाय भएकै निहुँमा समाजबाट तिरस्कृत एवम् अपहेलित हुनुपर्ने वातावरण सिर्जना हुन्छ तवसम्म समाजवादमा पुग्नु कठिन मात्र होइन असंभव देखिन्छ । माथि उलेखित कुराहरु निर्मुलिकरण भएसंगै हामी वैज्ञानिक समाजवादको बाटोमा अगाडी बढ्ने छौ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया