२०८३ कार्तिक ८ गते शनिवार

विद्यार्थीको परीक्षा र पठनपाठन्

१२ बैशाख, २०७७ आज विश्व नै कोरोना महाकारीसंग जुधिरहेको छ । यस्तो अवस्थामा मानिसको ज्यानको सुरक्षा पहिलो प्रथामिकतामा पर्नु स्वभाविक हो । हाम्रै देशमा पनि कोरोना सक्रमितको संख्या ४८ पुगिसकेको छ । यो कोरोनाको संक्रमण नभित्रीएको भए २०७६ चैत्र ६ गते तोकिएको एसईई परीक्षा सम्पन्न भइसेको हुने थियो । कक्षा १२ को परीक्षा बैशाख ८ गतेदेखि सुरु भईसकेको हुनेथियो । २१ बैशाखबाट सुरु हुने कक्षा ११ को परीक्षा संचालनका लागि तयारी हुने क्रममा हुनेथियो । अहिले एसईईका ४ लाख ८२ हजार ७ सय भन्दा बढी र कक्षा ११ र १२ का झण्डै ५ लाख विद्यार्थी अन्योलमा छन् । परीक्षाका लागि तिथीमितिको पर्खाइमा छन् । परीक्षा व्यवस्थापन प्रारम्भिक कक्षादेखि कक्षा ८ सम्म आधारभूत परीक्षा वर्तमान कानुन् अनुरुप स्थानीय तह मार्फत लिने व्यवस्था अनुरुप सम्पन्न भइसकेका छन् । संविधानको अनुसूचि ८ ले माध्यामिक शिक्षा स्थानीय तहलाई दिइसकेको छ । एसईई परीक्षाको व्यवस्थापनको काम प्रदेशस्तरमा हुने उल्लेख भएपनि अहिले यसरी रोकिएको परीक्षालाई स्थानीय तहबाट पायक पर्ने विद्यालयमा सामाजिक व्यक्तिगतदुरी कायम गरेर परीक्षा लिन सकिन्छ कि ? या विद्यालयले लिएको आन्तरिक परीक्षालाई आधार मानेर ११ कक्षामा कक्षाउन्नति गर्न सकिन्छ । यसबारे छलफल गरेर निर्णयमा पुग्न जरुरी छ । कक्षा ११ लाई पनि हालसम्मकै कलेजमा परीक्षाका अंक अनुसार उतिर्ण गर्न सकिन्छ । १२ कक्षामा माध्यमिक तहको अन्तिम कक्षा भएकाले यसको नतिजाका आधारमा विद्यार्थीको पठनपाठन दिशा निर्देश हुने हुँदा कोरोनाको अवस्था हेरेर वा अन्य कुनै उपायबाट परीक्षा दिने व्यवस्था गर्न छलफल, बहस, वा भिडियो बार्ता बाटै एथासिघ्र टुङ्गो लगाउन जरुरी छ । जहाँसम्म प्रारिम्भक कक्षादेखि माध्यामिक तहको पठनपाठनको विषयलाई बैकल्पिक तरिकाबाट पठनपाठन गराउने काम शिक्षक प्राध्यापकहरुको हो । यसकालागि बिपन्न बालबलिका तिनका अभिभावक छन् । जसको घरमा रेडियो पनि छैन । टिभी, कम्प्युटर छैन । उनलाई यो सुविधा छैन । उनलाई कसरी पढाउने ? जससंग रेडियो छ । तिनलाई कसरी पढाउने ? टिभी हुनेलाई कसरी पढाउने ? फोन मोबाईलवालालाई कसरी पढाउने ? नेटवर्कीङ नभएका कम्प्युटरवालाहरुलाई, अनलाई सुविधा, डाटा चलाउने निश्चित घन्टाका लागि सुविधान दिने र २४सै घन्टा अनलाईन सुविधान दिन सक्ने यी सबैलाई बर्गिकरण गरेर कोरोना मुक्त नहुँदसम्म बैकल्पिक बिधीबाट पठनपाठन सुरु गर्न आवश्यक छ । आजका विद्यार्थी भोलीका कर्णधार हुन् । यीनको भविष्यकालागि सबै गम्भिर भएर यथासिघ्र पठनपाठनको सुचारु गर्न आवश्यक छ । उदाहरणका लागि ललितपुर आदर्श शौल युवक माविले एसईई दिन एक सय ६४ विद्यार्थीलाई ४ वटा समूह बनाएर ग्रुप च्याट (समूहमा कुराकानीं) बाट अध्यापन सुरु गरेको छ । यस्तै काठमान्डौको डिल्ली बजार स्थित कन्या माविले पनि अनलाईन कक्षा संचालनमा ल्याएको छ । यस्ता काठमान्डौमा धेरै उदाहरणहरु छन् । जहाँ पठनपाठन सुरु भईसकेको छ । यतातिर ध्यान सबैको पुग्नुपर्छ र सबैले विद्यार्थीको पठनपाठनबारे निर्णय गर्न आवश्यक छ ।    

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।