११ बैशाख २०७७
विश्वभर फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बीएपछि मजदुरहरु बढि मारमा परेका छन । घर देशका विभिन्न स्थानमा मजदुरीका लागि गएका नागरीक यतिवेला अलपत्र छन ।
आफु संग भएको अन्नपात र पैसा सकिएपछि भोकै हुन थालेपछि कैंयौ नागरीक पैदल हिड्दै घर तर्फ लागेका छन । आफ्ना बालबच्चा सहित उनिहरु कैयौ दिन भोकभोकै पैदल हिड्दै गन्तव्यमा हिडेको सकडमा दिनहु देखिन्छन ।
लकडाउन अर्थात बन्दाबन्दीमा घर भित्रै सुरक्षित हुनुपर्ने हो । तर उनिहरुको बाध्यता छ । यो महामारीको समय आफ्नै घरमा आउने सबैलाई मन लाग्छ नै । फेरी कति दिन सम्म भोकै बस्ने ? यी समस्याले उनिहरु लाई घर सम्म प्ुग्न पैदल हिडाएको हो ।
यसरी भोकै पैदल हिडेका नागरीकलाई तुलसीपुरमा खाना, बस्नको उचित ब्यवस्था मिलाईएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा विभिन्न संघ संस्थाले यो कार्यको सुरुवात गरेका हुन ।
तुलसीपुरको अरनिको मैदान अघि श्री गणेश पार्टि प्यालेसमा खान र बस्नको ब्यवस्था मिलाईएको छ । उनिहरुको लागि मास्क दिदै साबुन पानीले हात धुने समेत ब्यवस्था मिलाईएको छ ।
संघको अगुवाईमा भएको यो कार्यमा सामाजिक काममा सक्रिय ब्यक्तिहरु खटिएका छन । उनिहरुलाई जनश्वास्थ्य प्रर्बदन शाखाबाट चेकजाच गर्ने ब्यवस्था समेत मिलाईएको छ ।
दिनहुँ जसो आउने पैदलयात्रुलाई सल्यान, रुकुम,रोल्पा लगायत दाङका विभिन्न स्थानमा गाडिको ब्यवस्था गरि पठाउने गरिन्छ । यसरी अलपत्र परेका ति पैदलयात्रु पेटभरि खाना खाई बास बस्दै गाँडीमा चढि घरतर्फ जान पाउदा उनिहरु खुसी देखिन्छन ।
विपतको बेला थालिएको यो सामाजिक कार्य तारीफयोग्य रहेको बताईन्छ । तसर्थ देशका विभिन्न स्थानमा अलपत्र परेका नागरीकलाई यसरी सहयोग गर्न किन पछि हट्ने ? जे सकिन्छ आजै सहयोग गरौं र सामाजिक उत्तरदायित्व नभुलौं ।






