२०८३ कार्तिक ८ गते शनिवार

किन चाहियो दल बिभाजन सम्बन्धि अध्यादेश ?

१० बैशाख २०७७ अध्यादेश !! २०६२/ ०६३ को जनआन्दोलनको मर्म र भावना विपरीत छ । हुन त के थाहा बर्तमान प्रधानमन्त्री त्यतिबेला home rest  मा हुनुहुन्थ्यो अर्थात् जनआन्दोलनमा हेर्दा र छाम्दा कतै भेटिनुहुन्नथ्य‍ो । बीबीसीमा त्यतिबेला उहाँले जनआन्दोलनका बारेमा राखेका बिचार अहिलेपनि यो मानस्पटलमा ताजै छ। २०६२/०६३ को जनआन्दोलनमा नेताहरू माधब नेपाल , झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल ,युबराज ज्ञवाली,शंकर पोखरेल कांग्रेसमा गिरिजाप्रसाद कोईराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरू कोही नजरबन्द त कोही अर्ध  भुमिगत भएर निरङकुश राजतन्त्रलाई सदाकालागी जनताको चाहना अनुरूप समाप्त गरि देशमा जनताको आफ्नै साशन स्थापित गर्न लागिपरेका थिए भने तत्कालीन माओवादी केन्द्रका नेताहरू पुष्प कमल दहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, राम बहादुर थापा, कृष्ण बहादुर महरा लगाएतका नेताहरू जनयुद्ध मार्फत जनआन्दोलनको पक्षमा त्यतिबेला अन्य राजनीतिक दलहरू नेकपा एमाले ,नेपाली कांग्रेस ,जनमोर्चा लगायतकासंग समन्वय गर्दै एक भयर २०६२  / ०६३ को जनआन्दोलनको आधिबेरी ल्याईरहेका थिए । म प्रश्न गर्न चाहन्छु त्यस अबधिमा आन्दोलनको मोर्चामा अहिलेका प्रधानमन्त्री  केपी ओलीलाई तपाईंले कहि देख्नु भो ??  यदि कहि कसैले देख्नु भयको थियोे भने आउनुस बहस गरौ !! के कारण थियो प्रम ओली आन्दोनमा नआउनु क‍ो  ?  कसको ईसारामा उनी आन्दोलनको बिपक्षमा उभिए ? उनले त्यतिबेला बि. बि. सी. मा आन्दोलनको मर्म र भावना बिपरित अभिब्यक्ति दिएको यिनै कानले सुनेका हुन् अनि अहिले आएर के थाहा यिनिलाई त्यतिबेलाको जनआन्दोलनको भावना र मर्म ? त्यसरी जनताको चाहना अनुसार आयको हो संघिय लोकतान्त्रिक गतन्त्र । अहिले नेपालमा वामपन्थीहरूका बिचमा ठुलो उपलब्धि भएको छ  । अर्थात दुईवटा ठुला पार्टीका बिचमा एकता भएको छ य‍ो एकताले हामी जस्ता कार्यकर्ता खुशीले गदगद भयका छौ । तर हाल आएर कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत सरकार भएकाबेला किन चाहियो दलबिभाजन सम्बन्धि संशोधन विधेयक ? अहिले हाम्रो देश मात्र नभई सारा बिश्व कोरोनाको महामारीको दलदलमा फसेको छ । जनतालाई यो महामारीबाट कसरी सुरक्षित राख्ने भन्ने सवाल पेचिलो बनेको छ । गरीखाने बर्गलाई साँझ बिहान छाक जुटाउन मुस्किल भएको छ ।  यस्तो अबस्थामा ती मजदुर , ती असक्त , ती भोका पेटलाई कसरी राहत दिने ! अनि कसरी यो महामारीको अबस्थामा त्रसित जनताको मानशिकतालाई सान्त्वना दिने भन्ने सवाललाई नजरअन्दाज गरि कुनै पनि सन्दर्भै नमिल्ने गरि हतार हतारमा पार्टी पंक्तिमा छलफलै नगरि मन्त्री परिषदको बैठकमा केही मन्त्रीले यस्तो विषम परिस्थितिमा यो विधेयक नल्याउन सुझाब दिदादिदै कसैको आदेश पालना गरेझैं ल्याईएको राजनीति दलसम्बन्धि  अध्यादेश बेठीक छ ।  यस्मा पार्टी कमिटी भित्र व्यापक छलफल गरि सरकारले गरेको निर्णय फिर्ता्लिनु पर्छ ।  यो हालको सन्दर्भमा बे मौसमी बाजा ह‍ो ।।      

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।