कोरोना भाईरस: पुजिबाद र मानवजाती अन्त्यको दिशा उन्मुख

गोबिन्द बस्नेत ।

छिमेकी देश चिनको हुवे प्रशान्तको वहान शहरबाट फैलीएको नोवेल कोरोना भाइरस महामारीकोे रुपमा विश्वभर फैलीरहेको छ । यसले गर्दा विभिन्न देशहरु अमेरिका, इटाली, स्पेन, चिन, जर्मन, बेलायतका देशहरुमा मानिसहरुको मर्नेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । प्रकृतिले मानवलाई चुनेको हो, चाहेकी आफुले सोचे जस्तो घर, बस्ती अनि समाज बसाओस । मानवले प्रकृतिलाई यसरी दोहन ग¥यो कि सिर्फ पृृथ्वीका दुई प्रतिशतले मात्र यसको चिन्ता गरे । यस पृथ्वीमा जीव, जन्तु, वनस्पती, भुगोल सहित हामी बाच्ने हो र मानवजाती प्रकृतीको अंग पनि हो ।

आज सिमीत मान्छेहरु धनी बन्नका लागि, नाफामा जानका लागि पृथ्वीको निश्चित आयु तोकिरहदा विनासको मसिन पनि आफै निर्माण गरिरहेको छ । विगतका दिनमा अष्ट्रलियमा थुप्रै जीव जन्तु मरेर गए तैपनि मानिसको चेत अझै आएको छैन, त्यो चेतको ज्ञान कस्ले रोक्यो, किन घर घरमा पु¥याउन सकेन ? यसको कारण हो पुँजिवाद, निश्चित मानिसले नाफा खानका लागि बार्बद गराइ दिए ।

पुँजीवादले पर्यावरण, खाद्यन्न, पृथ्वीका सजीव र निर्जीव वस्तु दिनहुँ संकटमा परिरहेको छ । एउटा कोठामा बसिरहेका पुँजिवादीहरु संग छ पृथ्वीको रिमोर्ट । रुसका राष्ट्रिपति भ्लादिमिर पुतिनले भने कि “रुस रुस नै रहेन भने पृथ्वीको औचीत्य हुदैन” रुस रहने सर्र्तमा मात्र पृथ्वी छ भन्ने कुरा स्पष्ट हुन्छ । यो धम्कीपूर्ण कुराले टिओको सामन्ती सोच यो शताब्दीसम्म पनिआइरहेको छ । पृथ्वीको रिमोर्ट हातमा लिएर बसेको छु भन्नेलाई आजको यो कोरोना भाइरसले सातो खाइदिएको छ । प्रकृतिको लागि हामी केहि पनि होइन भन्ने उदाहरणदिएको छ ।

यी पुँजिवादी मुलुकले गर्दा स–साना मुलुकहरुले पनि आज उनीहरुले निम्त्याएको समस्या भोग्नु परेको छ । महान वैज्ञानिक ले पृथ्वीको अन्त्य छ सय वर्ष भित्र निश्चित रहेको भनेका थिए ।  उनले भनेको दुई वर्ष बित्दा पृथ्वी र मानवजातीको दिशा अन्त्य तिर धकेलिएको छ । बढ्दो तापक्रम, अम्ल वर्षा, प्रमाणु यूद्ध, उल्कापिण्ड ग्रह, महामारी भाइरसले पृथ्वी अन्त्य को संज्ञा दिएका थिए, त्यसको परिनार्थ रुपमा लागु हुदैछ ।

अर्काे प्रसंगमा कुरा गर्ने हो भने कम्युनिष्टहरुले संसारका मजदुर एक हौ भने तर यसको विपरित हुन आएको छ । संसारका पँुजिवादीहरु एक भएका छन् । मानव केन्द्रित विचार मात्र हावी हुँदा पृथ्वी कता जाने भन्ने विषयमा भएन । लाखौ मानिसहरुले पृथ्वीलाई यहाँसम्म ल्याए, के हामी मात्र बाच्ने हो ? यसलाई अगाडी लैजाने हाम्रो दायित्व होइन भन्ने विषयमा चिन्तन गर्न जरुरी छ ।

तसर्थ पुँजिवाद व्यवस्थाले मानवजाती संकटमा परिरहदा संसारका सबै वर्गले प्रकृतिको रक्षा, पालनपोषण गर्नका निम्ती ध्यान जान जरुरी छ । यो पृथ्वीलाई अनन्तकालसम्म चलन दिन हामी सबैको दायित्व हो ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया