‘नेकपा एमाले अहिले जनताको माझमा छ’

तुलसीपुर, २८ बैशाख
नेकपा एमाले जिल्ला कमिटी दाङले चुनावी अभियानलाई जिल्लामा तिव्रता दिएको छ । एक महिना अघिदेखि आफनो चुनावी प्रचारप्रसार अभियानलाई नेकपा एमालेले निरन्तरता दिइरहेको छ । सरकारले पहिलोपटक बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेपछि चुनावी अभियानमा लागेको एमालेले आफना कार्यक्रमलाई नियमित रुपमा अगाडि भढाईरहेको एमाले जिल्लाकमिटी दाङका उपाध्यक्ष हुकुम बस्नेतले जानकारी दिए । ‘नेकपा एमाले अहिले जनताको माझमा छ, ‘उपाध्यक्ष बस्नेतले भने’ उम्मेदवारहरु अहिले जनताको घरघरमा पुगेर आफनो पक्षमा भोट मागिरहेका छन् ।’ बस्नेतका अनुसार गाउँ, नगर, वडा र टोल स्तरका कार्यक्रम भइरहेका छन् ।

जिल्लामा टोलीकमिटीका भेला, चुनावीसभा, निर्वाचन परिचालन समिति गठन, प्रचारप्रसार समिति गठन, छलफल जस्ता कार्यक्रमहरु दिनुहुँजसो भइरहेको एमाले दाङले जनाएको छ । सात वटा गाउँपालिका, दुई उपमहानगरपालिका, र एक नगरपालिकामा नेता तथा कार्यकर्ताहरु निरन्तर सम्पर्क र पार्टीको काममा लागिरहेको उपाध्यक्ष बस्नेतले बताए ।

अन्य दलहरुमा भन्दा अघिनै नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख बाह्यक सवै ठाउँमा उम्मेदवारीको टुङ्गो लगाईसकेको एमालेले समयलाई भरपुर सदुपयोग गरेको छ । यसैविच नेकपा एमाले दाङले विहिबार मात्रै जिल्लामा २३ ठाउँमा कार्यक्रम गरेको बताएको छ ।

‘केन्द्रिय सरकुलर अन्र्तगत दाङमा नेता, कार्यकर्ता, उम्मेदवार सवै पार्टीकामकाजमा खटेका छन् , अल्क्षी कसैले गरेका छैनन् एमाले जिल्लाकमिटी दाङका प्रचार विभाग प्रमुख श्याम डाँगीले भने ।’ फाट्फुट् बागि उम्मेदवारको कुरा आइरहेका बेला प्रचारविभाग प्रमुख डाँगीले अहिले सम्म कुनै पनि कार्यकर्ताले पार्टीको हितविपरित नबोलेको दाबी गरे ।

प्रकाशित मिति : २०७४ बैशाख २८ गते बिहिवार
प्रतिक्रिया