तुलसीपुर २ बैशाख/स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दाङमा उम्मेद्वार सिफारिस गर्नेक्रम जारि छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट वडा अध्यक्ष र सदस्यहरुको छनौट प्रकृया पुरा गरि बैशाख ४ गते भित्र जिल्लामा पठाई सक्नु पर्नेछ । नेकपा एमाले जिल्ला कमिटी दाङले चैत्र ३० गते देखि वैशाख ४ गते भित्र सवै ठाउँमा उम्मेद्वारको छनौट गरेर पठाउन निर्देशन दिएको छ । एमाले दाङका प्रचार विभाग प्रमुख श्याम डाँगीका अनुसार अहिले सम्म तुलसीपुर उपमहानगरपालिकामा १३ वडामा उम्मेद्वारको छनौट प्रकृया पुरा भएको छ ।
छनौट भएका मध्य ६ वटा वडामा सर्वसम्मत रुपमा एक जना अध्यक्ष सहित सदस्यको नाम सिफारिस गरिएको छ भने अन्य वडामा उम्मेदवारका आकाकांक्षी धेरे हुदा ३ जना देखि ९ जनासम्म सिफारिस गरिएको छ । बाँकि ठाउँमा शनिबार छनौट हुदैछ । त्यसैगरि नगरपालिका र गाउँपालिकाको प्रमुख उप्रमुखको छनौट पनि वैशाख ४ गते नगर र गाउँपालिकाले गरेर जिल्लामा सिफारिस गर्दैछ ।
-
वडा अध्यक्ष र सदस्यको अन्तिम टुङ्गो जिल्ला कमिटीले बैशाख ७ गते गर्ने
-
गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुखको अन्तिम टुङगो प्रदेश कमिटीले बैशाख १० गते गर्ने
-
उपमहानगर पालिकाको प्रमुख उपप्रमुखको अन्तिम टुङगो केन्द्रिय कमिटीले बैशाख १२ गते गर्ने
सिफारिस भएर गएका नगरका एक सय वटा वडाका, वडा अध्यक्षहरुको अन्तिम टुङ्गो जिल्ला कमिटीले तोकेको मापदण्ड अनुसार गरेर प्रमाणिकरणका लागि प्रदेशमा पठाउने प्रचार विभाग प्रमुख डाँगीले बताए । यसैगरि उपहानगरपालिकाको प्रमुख, उपप्रमुखको सिफारिस जिल्ला कमिटीले बैशाख ७ गते गर्दैछ । वडा अध्यक्ष र सदस्य बाह्यक अन्य सवै उम्मेदवारको सिफारिस लिएर जिल्ला कमिटीले वुटवलमा वस्न लागेको प्रदेश कमिटीमा वैठकमा पेश गर्ने बुझिएको छ । प्रदेश कमिटीको बैठक बैशाख ८ र ९ गते वस्दै छ ।
गाउँपालिका र नगरपालीकाको प्रमुख उपप्रमुखको अन्तिम टुङ्गो प्रदेश कमिटीले बैशाख १० गते लगाउने छ ।
उपमहानगरपालिका नगरप्रमुख र उपप्रमुखको भने एमालेको केन्द्रिय सथायी कमिटीले १२ गते टुङ्गो लगाउने एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गते हुदै छ ।।