२०८३ कार्तिक १० गते सोमवार

कर्णाली प्रदेशमा ‘एक वडा, एक नर्स’ को अवधारणा कार्यान्वयनमा ल्याइँदै

सुर्खेत , २१ साउन । कर्णाली प्रदेशले ‘एक वडा, एक नर्स’ को अवधारणा कार्यान्वयनमा ल्याउन कार्यविधि निर्माणलाई तीब्रता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको ‘एक विद्यालय, एक नर्स’ नीति अनुसार नै प्रत्येक वडामा एकजना नर्स राख्ने र तीनै नर्सबाट विद्यालयमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने योजना अघि बढाइएको हो । कर्णाली प्रदेशका सामाजीक विकासमन्त्री दल रावलले जानकारी दिनु भयो । प्रदेशमा रहेका ७ सय २९ वटा वडामध्ये ३ सय ६५ वटा वडामा पहिलो चरणमा नर्स राख्ने तयारी गरिएको उहाले बताउनुुभयो । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अहिले प्रदेश १ र ३ मा सञ्चालन भइरहेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयमा रहने नर्र्सले बालबालिकाको स्वास्थ्य समस्याको जाँच गर्ने छन् ।  

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।