विपत व्यवस्थापनका लागी चार वटा स्वास्थ्य संस्थालाई औषधी वितरण

तुलसीपुर, २० असार । विपत व्यवस्थापनका लागी तुलसीपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई औषधी वितरण गरिएको छ । विपत व्यवस्थापन अन्र्तगत तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा कार्यालयले विहिवार तुलसीपुर क्षेत्रका ४ वटा स्वास्थ्य संस्थालाई औषधी वितरण गरिएको तुलसीपुर स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत बसन्त आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुर क्षेत्रका डुरुवा, फुलवारी, मानपुर र उरहरीका स्वास्थ्य संस्थाका लागी औषधी पठाईएको हो । विपतको समयमा अति आबश्यक पर्ने औषधीहरु पठाईएको हो । विपतको सम्भावित क्षेत्रलाई मध्येनजर गदै प्राकृतिक प्रकोपमा आईपर्ने माहामारीबाट बच्नका लागी सलानी पानी देखी लिएर झाडापखला, ज्वरोका औषधी लगाएतका अति आबश्यक औषधीहरु पठाईएको अहेव आचार्यले जानकारी दिएका छन् । उक्त औषधी विपतको समयमा मात्र प्रयोग गरिनेछ ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया