दुई गाडी ठोकिदा ५ जना घाईते

तुलसीपुर, ८ असार । घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत दुई वटा गाडी एक आपसमा ठोकिएर दुर्घटना हुदा ५ जना घाईते भएका छन् । तुलसीपुर ६ गुल्मचोक नजिकै आईतवार बेलुकी ५ वजे तिर स्कारपियो र हायस गाडी एक आपसमा ठोकिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको बा १४ च ८८५१ नम्वरको स्कारपियो र घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बा ३ ख १४०३ नम्वरको हायस गाडी ठोकिएका हुन् । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईहरको छ । घाईते सवैको अवस्था सामान्य भएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया