पुरन्धारा नमुना बन्छ: मन्त्री गिरी

बसन्त परियार,तुलसीपुर २६ जेठ ।
पाँच नम्बर प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटकिय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन । बबई गाँउपालीकाको पर्यकिय स्थल पुरन्धारा क्षेत्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले झरनाको विकास र मुहान संरक्षण गर्न सके पर्यटकको आकर्षक बन्न सक्नेमा जोड दिएका छन । उनले प्रदेशका विभिन्न स्थानलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने गरि काम गरिरहेको बताएका थिए ।

यसको संरक्षणको लागि स्थानियको समेत महत्वुपुर्ण भुमिका हुने उनले बताएका छन । गाँउपालीकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको र्काक्रममा बोल्दै मन्त्रालयका सचिब धनञ्जय पौडेलले पुरन्धारा झरनालाई धार्मिक आस्था संग जोड्न सके पर्यटक भित्र्याउन थप मद्दत पुग्ने बताएका थिए । यसका साथै सरसफाई,पर्यटक गाईडको ब्यवस्था गर्न सके बाह्य पर्यटकको लागि सहज हुने बताएका थिए । गाँउपालीकाकी उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा डिभिजन बन कार्यालय दाङका प्रदिप ज्ञवाली,निर्माण समिति अध्यक्ष धन बहादुर डाँगी लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण गाँउपालीकाका प्रमुख प्रसाकिय भिष्म कुमार मल्लले गरेका थिए । पर्यकिय स्थल पुरन्धारामा अहिले प्रदेश सरकारले विनियोजन गरेको ५० लाख लाख बजेट बाट बगरपुर देखि झरना सम्म पुग्ने विभिन्न खोलामा कल्भट निर्माण, झरनामा पाक निर्माण,पौडि खेल्ने स्थल,पिकनिक स्पट,खानेपानी र शौचालय निर्माणको काम अन्तीम चरणमा पुगेको छ ।

यसैविच, बन मन्त्री गिरीले प्रदेश सरकारको सहयोगमा गाँउपालीकामा निर्मानाधिन विभन्न योजनाको अनुगमन गरेको गाँउपालीकाको प्रेस संयोजक वालकृष्ण पाण्डेले जानकारी दिएका छन । गाँउपालीकाको वडा नम्बर ४ हस्तनापुरमा ३६ लाखको लगानिमा निर्मानाधिन खेल मैदान,६० लाख लगानिमा गाँउपालीकामा निर्मानाधिन सभाहलको अनुगमन गरेका छन । यि दुवै योजनाको निर्माण कार्य अन्ती चरणमा पुगेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया