ट्याक्टर दुर्घटना हुदा एकको मुत्यु दुई घाईते

तुलसीपुर, २५ जेठ । सल्यानको त्रिवेणी गाउँपालिका ३ चिनेरीखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।शुक्रबार दिउँसो त्रिवेणी गाउँपालिका ३ ढुंगेबगरबाट ढुंगा ल्याएर लुहाम आउँदै गरेको भे १ त २२६९ न ट्याक्टर दुर्घटना हुँदा लुहामका अन्दाजी ३५ वर्षीय केशर खड्काको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।दुर्घटनामा त्रिवेणी गाउँपालिका ६ लुहामका १८ वर्षीय सहचालक जीवन भण्डारी र वडा ३ का २४ वर्षीय प्रेमबहादुर बुढा घाइते भएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २५ गते शनिवार
प्रतिक्रिया