उच्च अदालतको आदेश लगत्तै पुन : शिक्षक पक्राउ

तुलसीपुर २३ जेठ 
अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य विरबल वलीलाई प्रहरीले उच्च दालत तुलसीपुरको गेटबाटै पक्राउ गरेको छ । वन्दी प्रत्यक्षीकरणमा परेको रिट माथि बिहीबार सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायधिश नहकुल सुवेदी र न्यायधिश इश्वर पोखरेलको इजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै छोड्न आदेश दिएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य वलीलाई गत चैत्र २४ गते जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका १३ बनगाउँमा रहेको आफनै घरमाबाट पक्राउ गरेको थियो । वलीकी बहिनी कल्पना वलीले गैरकानुनी थुनामा राख्न नपाइने भन्दै उच्च अदालत तुलसीपुरमा जिल्ला प्रहरी कार्यालय प्युठानलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकी थिइन ।

गएको जेठ १९ गते रिट हालेपछि उच्च अदालतले थुनामा राख्नुको कारण सहित वलीलाई हाजिर गराउन आदेश दिएको थियो । बिहिबारको रिटमा अधिवक्ता त्रय पुष्करबहादुर भण्डारी, श्रीराम चौधरी र हरीबहादुर शाहले बन्दीकोतर्फबाट बहस गरेका थिए ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय दाङमा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा ७ हजार धरौटीमा छोड्न आदेश दिए लगत्तै वलीलाई गेटबाटै पक्राउ गरेर रोल्पा लगिएको थियो । रोल्पामापनि राष्ट्रिय तथा सम्पदा विरुद्धको कसुर, विष्पोटक पदार्थ र अपराधिक प्रवेश तथा अपराधिक उपद्र विरुद्धको कसुरमा जिल्ला अदालत रोल्पाले गएको जेठ १४ गते ३० हजार धरौटी राखेर छोड्न आदेश दिए लगत्तै बाहिरने क्रममा गेटबाटै पक्राउ गरेर प्युठान लगिएको थियो । वलीलाई तुलसीपुर प्रहरीको सहयोगमा प्युठान प्रहरीले पक्राउ गरेको थियो ।

त्रकारको क्यामरा खोस्ने प्रहरीकाे प्रयास
यसैविच समाचार संकलनको क्रममा पुगेका पत्रकार ओपेन्द्र बस्नेतको क्यामरा प्रहरीले खोस्ने प्रयास गरेको छ । उच्च अदालतको आदेशमा रिहा भएका वलीलाई पक्राउ गर्ने क्रममा फोटो खिच्न पुगेका पत्रकार बस्नेतलाई सादापोशाकका सुरक्षाकर्मीले फोटो खिच्न रोक लाउदै पटक पटक क्यामरा खोस्ने प्रयास गरेका थिए ।

स्वतन्त्र नागरिक भएर बाँच्न चाहन्छु
यसैविच विरबल वलीले आफु स्वतन्त्र नागरिक भएर बाँच्न चाहेको बताएका छन् । पक्राउ पर्नु अघि प्रेस विज्ञप्ती वितरण गर्दै उनले नेपाल सरकारको स्थायी शिक्षक भएको र विप्लव माओवादीको आरोपमा पक्राउ परेपनि अदालतबाट दुई पटक सफाइ पाएर पनि पुनह पक्राउ परेको बताएका छन् । आफनो शारिरीक अवस्था कम्जोर रहेकोले पनि कुनै राजनीतमा नलागेर शिक्षण पेशामा निरन्तर लाग्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया