तुलसीपुरमा दुई मोटरसाईकल ठोकिदा ,दुई घाईते

तुलसीपुर, २३ जेठ । दाङमा मोटरसाईकल दुर्घटना हुदाँ २ जना घाईते भएका छन । तुलसिपुरबाट मज्गै जादै गरेको को २५ प ५५५४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट तुलसिपुर तर्फ आइरहेको रा ४ प ५३६७ नम्बरको मोटरसाईकल विहिवार सवा ६ वजेतिर विहान हात्तीखौवा नजिकै एक आपसमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परि सुनसरी बर्जा गाउपालिका ५ बस्ने वर्ष २७ का बिनोद सोरेल र वर्ष २२ को अजय गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईते दुवै जना एकै मोटरसाईकलका सवार हुन् । घाईते मध्ये विनोदको हात र खुट्टामा चोट लागेको छ भने अजय गुरुङको टाउकोमा चोट लागेको हुदा अजयलाई थप उपचारको लागि घोराही रिफर गरिएको छ । दुर्घटनामा परेको अर्को मोटरसाईकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया