शान्तीनगरमा अपाङग परिचय पत्र वितरण सुरु

तुलसीपुर, २० जेठ । महिला तथा सामाजिक बिकास शाखा शान्तिनगर चिराघाटको आयोजनामा अपांगता भएका ब्यक्तिहरुलाई सोमवार देखी परिचय पत्र बितरण गर्न सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष कमान सिङ डाँगीले वडा नम्बर ५ का दर्शन परियारलाई परिचय पत्र हस्तान्तरण गदै सुभारम्भ गरेका हुन् ।
पहिलो दिन पचास भन्दा बढीलाइ परिचय पत्र बितरण गरिएको गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् । गाउँपालिकामा झन्डै पाँच सय बढी अपांगता भएको समन्वय समितिका सदस्य निम बहादुर नेपालीले जानकारी दिएका छन् ।
कार्यक्रममा राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, रजनी शाह, देबा डाँगी र देबिका रिजाल लगायतले सहयोग गरेको बताईएको छ । कार्यक्रमको सहजीकरण शाखा प्रमुख गुप्ता अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया