जननेता मदन भण्डारी र जिवराज आश्रितको २७ औँ स्मृति दिवस मनाईने

तुलसीपुर, २ जेठ । जननेता मदन भण्डारी र जिवराज आश्रितको २७ औँ स्मृति दिवस भोली देशभर विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । चितवनको दासढुङगामा सवारी दुर्घटनामा परि ज्यान गुमाएका तत्कालिन नेकपा एमालेका नेता भण्डारी र आश्रितको २७ औँ स्मृतिमा भोली जेठ ३ गते तुलसीपुरमा पनि कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष खुसीराम चौधरी र सचिव माधव वलीले विहिवार सयुंक्त एक विज्ञप्ती जारी गरी कार्यक्रममा उपस्थित भईदिन पार्टीका नेता कार्यकर्ता,शुभेच्छुक, भातृसंगठन लगाएत सवैमा आग्रह गरेका छन् । तत्कालिन नेकपा एमालेको अन्चल पाटी कार्यालयमा शुक्रवार विहान ११ वजे कार्यक्रम हुने जनाईएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया