दाङ, २० बैशाख । कार दुर्घटनामा परेर दाङका व्यवसायी तीर्थ आचार्यको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दाङबाट चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुको शिवराज नगरपालिका १ मामाखोला भन्ने स्थानमा दुर्घटना हुदा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको प्रहरीले बताएको छ ।सोहि दुर्घटनामा परि कारमा सवार लमही ८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि बुटवल लगिएको प्रहरीले बताएको छ ।कार अनियन्त्रित भएर झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार





