हावाहुरी र चट्याङका कारण दाङका विभिन्न स्थानमा क्षति

दाङ, २० बैशाख । बुधवार र विहिवार राती आएको हावाहुरी र चट्याङका कारण दाङका विभिन्न स्थानमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार हावाहुरीका कारण राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोलामा रहेको ज्योति आधारभुत विद्यालयको एक लाख पचास हजार रुपैया बराबरको क्षति भएको छ । यस्तै राजपुर ६ खांग्रा स्थित सामुदायिक स्वास्थ्य चौकीमा पनि हावाहुरीका कारण एक लाख बरावरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद बिक्रम शाहले जानकारी दिएका छन् ।

यस्तै उनका अनुसार हावाहुरीका कारण सोहि गाउँपालिका १ कटबेरवा बस्ने बासुदेव डाँगीको भान्सा घरको जस्तापाता उडाउदा २५ हजार, सोहि ठाउँकी गिता सार्कीको कच्चि घर भत्किदा १ लाख ७५ हजार,चन्द्रकला बि.सी.को कच्चि घरको पर्खाल भत्किदा १ लाख, ुरुङखोला बस्ने बिष्णु ब. बुढाको घर भत्किदा २ लाख ५० हजार, २ मटेरिया बस्ने झुमलाल कुवँरको भान्सा घर भत्किदा ५० हजार रुपैया बराबरको क्षति भएको छ ।

यस्तै सोहि गाउँपालिका ३ प्रतापपुर बस्ने हरी प्रसाद चौधरीको विद्युत मिटर बक्समा चट्याङ पर्दा १५ हजार बराबरको क्षति भएको प्रहरप्ले बताएको छ । त्यस्तैगरी घोराही ५ सितलपुर निवासी रामकुमार थापाको घर र सोहि ठाउँका पहल सिंह वलीको कुखुरा फर्मको टिन छानो उडाएको, बिनोद बस्नेतको गोठको टिन उडाएको,मुक्त बहादुर केसीको टिनले छाएको गोठ भत्किएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया