२०८३ भाद्र २९ गते सोमवार

बाणिज्य संघको शुभकामना आदानप्रदान तथा भित्रेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

    तुलसीपुर, १४ बैशाख । नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुर नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा भित्रेपात्रो बिमोचन र बनभोज कार्यक्रम शनिवार तुलसीपुर ७ राप्ती शान्ती उद्यान पार्कमा सम्पन्न भएको छ । संघका अध्यक्ष टोप बहादुर घर्तिको अध्यक्षता एवं नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा नेपाल राष्टिय बाणिज्य संघका केन्द्रिय सचिव खगेन्द्र प्रसाद पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा नेकपा दाङका सचिव सुवास पुन ,नेकपा तुलसीपुर कमिटिका अध्यक्ष खुसीराम चौधरी, सचिव माधव वली, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, पुर्व नगरप्रमुख ढुण्डीराज लामीछाने, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रबक्ता श्याम डागी , तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेपाल राष्टिय व्यापार संगठनका केन्द्रिय सदस्य यज्ञ बहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, नेपाल राष्टिय वाणिज्य संघ दाङका अध्यक्ष जित बहादुर केसी, च्याम्वर अफ कर्मस जिल्ला महासचिव घनश्याम अधिकारी र तुलसीपुर च्याम्वर अफ कमर्सका महासचिव प्रेम गिरी लगाएतले शुभकामना व्यक्त गरेका थिए । संघका उपाध्यक्ष पदम पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सेवकराम भण्डारीले गरेका थिए ।साथै बाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्ष २०७६ सालको भितेपात्रो प्रमुख अतिथि टिकाराम खड्काले विमोचन गरी शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।