तुलसीपुरमा १३ विद्यालयलाई कक्षा थपको स्वीकृत प्रस्ताव

तुलसीपुर, १२ वैशाख । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि १३ वटा विद्यालयलाई कक्षा थपको स्वीकृत दिने प्रस्ताव गरेको छ । समितिले आव्हान गरे अनुसार यस क्षेत्रका २८ विद्यालयले कक्षा थपका लागि आवेदन दिएकोमा स्थलगत अध्ययन, पूर्वाधारको अवस्था र विद्यार्थी संख्यालाई आधार मानेर कक्षा थपका लागि कार्यपालिकामा प्रस्ताव गरिएको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिनुभयो ।
शिक्षा प्रमुख गौतमका अनुसार कक्षा थपका लागि प्रस्ताव गरिएका विद्यालयहरु मध्ये ३ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । अन्य विद्यालयहरुको अवस्था निकै नाजुक भएकाले स्वीकृती प्रदान गर्न नसकिएको शिक्षा समिति संयोजक देवराज विश्वकर्माले जानकारी गराउनु भयो । शिक्षा समितिको प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेपछि कार्यान्वयनमा जानेछ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया