डाक्टर र कर्मचारी आवासका लागी करोडौ लगानीमा संरचना बन्दै

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २ बैशाख । एकिकृत स्वास्थ्य पुर्वाधार विकास परियोजना अन्र्तगत दाङका दुई ठुला अस्पताल सहित आठ वटा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण हुदैछन् । ती भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अख्तियारीमा शहरी विभाग मार्फत बन्न लागेका हुन् । सम्वन्धित अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत डाक्टर तथा कर्मचारीहरु बस्नको लागी छुटै सुविधा सम्पन्न भवन बन्न लागेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दाङका ईन्जिनियर खड्ग बहादुर चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार राप्ती प्रादेशिक अस्पताल तलसीपुरमा डाक्टर तथा कर्मचारीहरु बस्नका लागी छुट्टा छुट्टै दुई वटा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको छ ।

तुलसीपुर ईलाका प्रहरी कार्यालय देखी दक्षिणमा ८ परिवार डाक्टरका लागी दुई तले भवन निर्माण हुदैछ । जसको लागत ३ करोड ४७ लाख २३ हजार रहेको छ ।यस्तै १२ युनिट कर्मचारी परिवारका लागी दुई करोड ९४ लाख ३२ हजार लागतमा दुई तले भवन निर्माण हुदैछ ।दुवै भवन निर्माण कार्यका लागी २०७४ असोज ६ गते सम्झौता गरी ०७६ असोज ५ गते सम्म सम्पन्न गरि सक्ने गरी सिएम ÷ प्रेम धन जेभी काठमाडौलाई जिम्मा दिईएको ईन्जिनियर चौधरीले जानकारी दिएका छन ।

भवन निर्माणको काम भईरहेको छ । अहिले अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरु कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको राप्ती प्रादेशिक अस्पताल प्रशासन प्रमुख निम बहादुर वलीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अख्तियारीमा शहरी विकास विभाग अन्र्तगत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दाङले काम गदै आएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि कर्मचारीहरु बस्नका लागी सुविधा सम्पन्न भवन बन्न लागेको छ ।

कार्यालयका ईन्जिनियर चौधरीले दिएको जानकारी अनुसार पश्चिम दाङका धनौरी, हेकुली, बेलटाकुरा , श्रीगाउँ स्वास्थ्य चौकीमा कर्मचारीहरुका लागी भवन निर्माण हुदैछन् ।यस्तै रामपुर, देउखुरी क्षेत्रको गंगापरस्पुर, लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा पनि भवन निर्माण हुन लागेको छ ।उक्त भवनहरु दुई वटा परिवार बस्न सक्ने क्षमताका हुनेछन् ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया