तिन नेपालीको मुत्यु प्रकरण :अनुसन्धान गर्न एक टोली भारत जाने

तुलसीपुर, २९ चैत्र । तिन जना नेपाली कामदारको भारतमा मुत्यु भएपछि घटनाको अनुसन्धान गर्न प्रहरी अधिकारी सहितको एक टोली भारत जाने भएको छ । केहि समय अघि भारतमा काम गर्न गएका ३ जना नेपालीको रहस्यमय मुत्यु भएको भन्दै मृतकका आफन्तीले छानविन गर्न माग गरे पछि घटनाको सम्वन्धमा सत्यतथ्य वुझ्न प्रहरी अधिकारी सहित एक टोली भारत जाने तयारी भईरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय खिलतपुर तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरवाट प्रहरी अधिकृत सहित, स्थानिय जनप्रतिनिधि र पीडित पक्षको एक टोली भारत जाने तयारी भईरहेको डिएसपी शाहीले जानकारी दिएका छन् । पश्चिम दाङको शान्तीनगर गाउपालिका वडा नम्वर २ अमुवा बस्ने २४ बर्षिय पूर्ण वहादुर वली गत चैत्र ६ गते काम गर्ने क्रममै वेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा सोहि ठाउँका २३ बर्षिय नोखिराम भण्डारी र २१ बर्षिय प्रकाश वली चैत्र १० गते भारतको कुल्लुमनालिको भिरमुनि मृत अवस्थामा फेला परेका थिए । उनीहरु दुवैको शवलाई गत चैत्र १२ गते नेपाल ल्याई आफन्तको जिम्मा लगाई सकिएको छ ।
यस्तै वेपत्ता भनिएका पूर्ण वहादुर वलीको चैत्र २५ गते कुल्लु मनालिको पतलिकुहलको जंगलमा शव फेला परेको छ । उनको शव हिजो विहिवार दाङ ल्याईएको थियो । उनको शव जाईफल मियाले आफन्तलाई वुझाउन खोज्दा वुझ्न नमाने पछि शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको प्रहरीले बताएको छ । जाईफल मिया सोहि गाउँपालिका वडा नम्वर २ अमुवा निवासी हुन् । उनले ठेकेदारको काम गदै आएको बुझिएको प्रहरीले बताएको छ ।उनले गत मंसीर १४ गते मृतक तिन जना सहित अन्य ६ जनालाई मजदुरीका लागी भारत हिमाचल प्रदेशको कुल्लुमनालि लगेर गएको थिए । ठेकेदार मियालाई सुरक्षाको लागी भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया