भिरवाट लडेर दाङमा एक वृद्धा गम्भिर घाईते

महेश रिजाल, २० भालुवाङ चैत्र ।
राजपुर गाउपालिका ५ महतिनिया खोला बस्ने ६५ वर्षिय जुनमाया रोका भिरवाट लडेर गम्भिर घाईते हुनुभएको छ । छोरी सित बस्दै आउनु भएकी रोका चैत्र १८ गते राति शौच गर्न वाहिर निस्कने क्रममा घर सितै सटेको भिरवाट लडेर उहा गम्भिर घाईते हुनुभएको हो ।

घाईते रोका चैत्र १९ गते विहान छिमेकीले रोईरहेको सुनेपछि उद्धार लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याइएको थियो । थप उपचारका लागि नेपालगंज , कोहलपुर पुर्याएपनि त्यहा सम्भव नहुने भएपछिे काठमाडौ बासवारी स्थित न्यूरो अस्पतालमा रेफर गरिएको छ । आज नै उक्त अस्पतालमा पु¥याईएको निजकी बुहारी सिमा रोकाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया