जातिय छुवाछुत पुर्ण रुपमा अन्त्य हुन्छ : सांसद केसी

तुलसीपुर, ८ चैत । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले जातिय विभेद तथा छुवाछुत विगतको तुलनामा अहिले धेरै परिवर्तन भएको बताएका छन् । २१ मार्च अर्थात अन्र्तराष्टिय जातिय विभेद उन्मुलन विरुद्धको दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका कार्यालयले शुक्रवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । समाज परिवर्तनसिल हुदै गएकाले जातिय विभेद पुर्ण रुपमा अन्त्य हुने दावी गरेका छन् ।

०६२÷६३ को जन आन्दोलन पछि मुलुकमा गणतन्त्र स्थापना भई सविधान जारी भएको भन्दै समाज परम्परा देखी रहेको विभेदलाई अन्त्य गर्न सवै जागरुप हुनुपर्ने बताएका छन् । सविधानले दलित समुदायहरुको हक र अधिकारको व्यवस्था गरेकाले यसको कार्यन्वयन गरी प्रत्याभुती दिलाउन आफु लागीपर्ने बताएका छन् । कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधिस राम बहादुर थापाले देवानी सहिंता फौजदारी २०७४ को विषयमा प्रकास पारेका थिए । यस्तै अधिवक्ता मोहन धितालले नेपालको सविधान २०७२ को धारा १८ ले कानुनमा सवै नागरिक विच समान अधिकार हुने तथा जात र लिङगको आधार कसैलाई विभेद गर्न नपाईने व्यवस्था गरिएको बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया