बहिनीलाई होली नदल्न आग्रह गर्दा दाई कुटिए

तुलसीपुर, ७ चैत । तुलसीपुर वडा नं १८ निवासी जीतबहादुर चौधरी होली खेल्न निस्किएको युवाहरुको एक समुहबाट विहिवार कुटिएका हुन ।बहिनीलाई बलजफती होली नदल्न आग्रह गर्दा उनी कुटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । होली खेल्न निस्किएको एक समुहले बहिनीलाई होली दल्न खोजे पछि उनले रोक्न खोज्दा उनीमाथी आक्रमण भएको प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
युवाहरुको समुहबाट कुटपिट हुदा चौधरी घाईते भएका छन् । उनलाई प्रादेशीक अस्पताल तुलसीपुरमा सामानय उपचार पछि थप उपचारको लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा सोहि ठाउँका १८ बर्षीय केशर बस्नेतलाई नियन्त्रणमा लिईएको डिएसपी शाहीले जानकारी दिएका छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया