३५ दिन भित्र अवैध हातहतियार बुझाउन प्रशासनको आग्रह

तुलसीपुर, ४ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैध हातहतियार बुझाउन सवैमा आग्रह गरेको छ । कानुन बमोजिम लिनुपर्ने ईजाजत नलिई, नवीकरण नगराई वा हकवालाबाट नामसारी नलिई प्रयोग गरीएका कुनै पनि हातहतियार ३५ दिन भित्र प्रशासनलाई बुझाउन आग्रह गरिएको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको ०७५÷११÷२८ गतेको निर्णय अनुसार कार्यालयले एक सुचना जारी गरी यस्तो आग्रह गरेको हो । जिल्लामा कसैले अवैध हातहतियार र खरखजना राखेको भए तोकीएको समय भित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय अथवा सेना व्यारेकमा बुझाउन आग्रह गरिएको छ । स्वेच्छाले तोकेको समय भित्र बुझाउनेलाई कुनै कारवाही नगरिने भन्दै यदि सुचनालाई व्यवास्था गरी हातहतियार तथा खरखजना नबुझाए कानुन बमोजिम कारवाहि गरीने कार्यालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया