२०८३ भाद्र २९ गते सोमवार

नगरप्रमुख पाण्डे र अध्यक्ष प्रचण्ड विच भेटवार्ता

तुलसीपुर, फागुन २७ पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे बिच भेटवार्ता भएको छ । नगर प्रमुख पाण्डे र दहाल निबासमा पुगेर भेट गरेका हुन् । भेटका क्रममा तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट यहाँको समग्र विकास र वृहत्तर योजना सञ्चालनका वारेमा छलफल भएको नगरप्रमुख पाण्डेले वताए । “तुलसीपुर विमानस्थलमा इन्धन डिपो स्थापनादेखि रनवे विस्तारका वारेमा पनि छलफल भएको छ ” नगरप्रमुख पाण्डेले वताए । सो अवसरमा अध्यक्ष दाहालले तुलसीपुरको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । “तुलसीपुरसँग मेरो युद्धकालिन सम्झनाहरु पनि जोडिएका छन् यस ठाउँमा वृहत प्रकृतिका योजना निर्माणमा मैले आवश्यक पहल गर्नेछु” अध्यक्ष दाहालको भनाईलाई उद्यृत गर्दै नगरप्रमुख पाण्डेले वताए । तुलसीपुर उपमहानगरपालिकाले यसै वर्षबाट शुभारम्भ गर्न थालेको तुलसीपुर बहुप्राविधिक शिक्षालयको भवन शिलन्यासका लागि तुलसीपुर आउने प्रतिवद्धता समेत दाहालले गरेको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले वताएका छन् । उपमहानगरपालिकाले चैतको अन्तिम साता शिक्षालयको भवन शिलन्यास गर्ने कार्यक्रम राखेको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।