करणीको प्रयास मिलाउन सल्यानमा दबाब

 

तुलसीपुर, २२ फागुन

सल्यानमा एक अपाङग महिलामाथि भएको करणीको प्रयास मिलाउन दबाब दिइएको छ । कपुरकोट गाउँपालिका ४ निबासी विशाल घर्तीले ती महिलालाई शिवरात्रीको दिन राती घरमा पसेर करणीको प्रयास गरेको स्थानीयबासीले जानकारी दिएका छन् । पिडित महिलाले प्रतिकार गर्नेक्रममा आरोपीले आफुलाई प्रहरीमा दुइ वटा केस परेर पनि उम्कीएको बतादै फोन गरेर प्रहरीलाई बोलाउन धम्की दिएको बताइएको छ । महिलाले रोइकराई गरेर चिच्याएपछि भागेर गएको पिडितका भनाई छ । यता स्थानीय स्वयमसेवीका माया पुनले आफुले मिलाउन सुझाव दिएको बताएकी छन् । रातको समयमा घोट्वा खाएर आफनो घर भनि पिडितको घरमा पुगेको र भोलीपल्ट पनि विहान गएर माफी मागेकाले प्रहरीमा थुन्नु भन्दा मिल्न सुझाव दिएको स्वयमसेवीका पुनले बताइन । पिडितको पक्षमा बोली दिने कोही नभएकाले घटना भएको दुइ दिन सम्म पनि प्रहरीमा उजुरी आउन सकेको सक्दैन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया