हाईसको ठक्करबाट एक बृद्धाको ज्यान गयो

तुलसीपुर, २० फागुण । दाङमा हाईसको ठक्कर बाट एक पैदल यात्रुको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर वडा नं. १७ निवासी अन्दाजी ७६ बर्षीया मोतिकला डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बा २ ख ९८४१ नम्बरको हाईसले आईतवार साँझ साढे सात वजेतिर बेलझुण्डी नजिकै ठक्कर दिएको प्रहरी नायव उपरिक्षक प्रेम शाहीले जानकारी दिएका छन् ।
गम्भीर घाईते भएकी डाँगीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिएका छन । ठक्कर दिने हाईस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया