शिक्षक संगठन तुलसीपुरले प्रशिक्षण कार्यक्रम गर्ने

तुलसीपुर,१८ फागुन ।

नेपाल राष्टिय शिक्षक संगठन तुलसीपुर कमिटिको प्रथम नगर परीषद् सम्पन्न भएको छ । नगर अध्यक्ष पदम बहादुर वलीको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त अवसरमा कमिटिको एक बर्षे कार्यकालको समिक्षा भएको थियो । यसका साथै संगठनले आगामी दिनमा गर्ने भावि योजना समेत निर्माण गरेको छ ।

नगरमा संगठन विस्तारलाई तिब्रता दिने, प्रशिक्षण कार्यक्रम संचालन गर्ने, नगर स्तरीय सरसफाई कार्यक्रम संचालन गर्ने योजनाहरु तय गरेको छ । सो अवसरमा संगठनका पाँच नम्बर प्रदेशका सचिब भागवत पाडैल ,जिल्ला अध्यक्ष दामेदार बस्नते ,नेकपाका नेता टिकाराम खड्का, खुसीराम चौधरी, माधव वली,संगठनका जिल्ला सदस्य निर्मल कुमार वली,रुद्रमणि शर्मा ,शालिकराम रजौरे,रमा आचार्य ,तिलक गिरी,गिरीराज लम्साल लगायतले बोलेका थिए ।

कमिटिका उपाध्यक्ष कमल प्रसाद भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सहिजकरण नगरका सचिब होमराज डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार
प्रतिक्रिया