प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम मनाईदै

काठमाडौ, ७ फागुण ।

प्रजातन्त्र दिवस मंगलवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश समारोह आयोजना गरिएको छ ।समारोहलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्र राणा, मन्त्रीगण, राजनैतिक दलका शीर्ष नेता र विशिष्ट ब्यक्ति तथा उच्च पदस्थ कर्मचारीको उपस्थिति रहनेछ । २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको र नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा वली, उपराष्ट्रपति नन्दबहादुर पुनले ले शुभकामना दिदै जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन नै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर हुने उल्लेख गर्नु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको तर वर्तमान सरकारको कामकार वाही प्रजातान्त्रिक नभएको टिप्पणी गर्नु भएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया