२०८३ मङ्सिर २ गते बुधवार

आज सुनको भाउ ६ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं,२ मंसिर । आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो । सुन हिजो तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।