२०८२ माघ २ गते शुक्रवार

तुलसीपुरमा ५६ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ

तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१६ मजगाउ निवासी अन्दाजी ६० वर्षिय रुपलाल डांगी रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार यहि मंसिर १६ गते बिहान साढे ५ बजेको समयमा श्रीमान घरमा नभएको मौका छोपेर रुपलालले ती महिलालाई जवरजस्तीकरणी गरेका हुन् ।

श्रीमान बिहानै उठेर बजार गएको अवस्थामा शारीरिक रुपमा अशक्त (बोल्न नसक्ने) ती महिलालाइ करणि गरिरहेको अवस्थामा उनका छोराले रंगेहात फेला पारेका थिए । त्यसपछि आज मात्रै प्रहरीमा जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले आरोपिलाइ पक्राउ गरेको हो । अहिले राप्ती प्रादेशिक अस्पतालमा पीडित महिलाको स्वास्थ्य परिक्षण गरिएको छ भनेको पक्राउ परेका डांगिलाइ हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया